Ipo.aspx merolagani - सुनको मूल्य घट्यो, चाँदी नयाँ उचाईमा

सुनको मूल्य घट्यो, चाँदी नयाँ उचाईमा

Jan 07, 2026 11:04 AM Merolagani

पुस २३ गते, बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । चाँदीको मूल्यले गत पुस १४ गते कायम तोलको ४ हजार ९३५ रुपैयाँको मूल्य मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

comments powered by Disqus

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।