Ipo.aspx merolagani - शेयर बजारमा लगातार ३ दिन बिदा, अब सोमबार मात्र खुल्ने

शेयर बजारमा लगातार ३ दिन बिदा, अब सोमबार मात्र खुल्ने

Jan 08, 2026 04:41 PM merolagani

शेयर बजारमा अब लगातार तीन दिन कारोबार नहुने भएको छ। साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण शेयर बजार आगामी सोमबार मात्रै खुल्ने भएको हो। 

साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबार सकिएसँगै अब आगामी सोमबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नियमित कारोबार सुचारु हुनेछ।

भोलि शुक्रवार (पुस २५ गते) शेयर बजार नखुल्ने र पर्सि शनिवार (पुस २६ गते) साप्ताहिक बिदा परेकाले बजार बन्द रहनेछ। त्यसैगरी, आउँदो आइतबार पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सो दिन पनि शेयर बजारमा कुनै कारोबार हुने छैन। यसअनुसार लगानीकर्ताहरूले अब तीन दिनको बिदापछि अर्थात् आगामी सोमबार पुस २८ गते बिहान ११ बजेदेखि मात्रै शेयर खरिद-बिक्री गर्न पाउनेछन्।

बिदाका कारण शेयर बजारसँगै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू समेत आइतबारसम्म बन्द रहने भएकाले बजारमा हुने राफसाफका कामहरू पनि सोमबारपछि मात्रै प्रक्रियामा जानेछन्। साताको अन्तिम दिन बिहीबारको बजार परिसूचक र कारोबार रकमको प्रभाव अब सोमबार खुल्ने बजारमा देखिने छ।

 

comments powered by Disqus

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।