Ipo.aspx merolagani - निरन्तर बढिरहेको सुनको मूल्यमा ‘ब्रेक’, मूल्यमा भारी गिरावट, सुन व्यवसायी भन्छन, ‘केही दिन घट्ने देखिन्छ’

निरन्तर बढिरहेको सुनको मूल्यमा ‘ब्रेक’, मूल्यमा भारी गिरावट, सुन व्यवसायी भन्छन, ‘केही दिन घट्ने देखिन्छ’

Jan 31, 2026 06:08 AM merolagani

केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य शुक्रबार भने ब्रेक लागेको छ । बिहीबार एकैदिन २० हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार सोही मूल्यले घटेको हो ।

बिहीबार बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकै दिन २० हजार ५०० रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य १७ हजार ४०० रुपैयाँले बढेको छ । गत माघ ९ गते शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ १६ गते शुक्रबारसम्म आइपुग्दा १७ हजार ४०० रुपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।

गत माघ ११ गते ३ लाख ३ हजार ८०० रुपैयाँ, माघ १२ मा ३ लाख ९ हजार, माघ १३ गते ३ लाख ९ हजार ३०० र माघ १४ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

केही दिनअघि बढेको सुनको मूल्य अचानक शुक्रबार घटेको सुन व्यवसायीले बताएका छन् । उनीहरुको अनुसार, अब केही दिन सुनको मूल्य घट्ने संकेत देखिएको हो । ‘निरन्तर बढिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन २० हजार ५०० रुपैयाँले घट्यो । अबका केही दिन घट्नै नै संकेत देखिन्छ ।’ महासंघका अध्यक्ष अर्जुन रसाईलीले बताए ।

उनका अनुसार, मूल्य बढेकाले त्यति धेरै सुनको माग आएको छैन् । आम उपभोक्ताले पनि सुनको मूल्य किन्न नै नसक्ने गरी बढेको बताएका छन् । हाल दैनिक बजारमा १६ किलो सुनको खपत भइरहेको उनले बताए ।

comments powered by Disqus

अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।