Ipo.aspx merolagani - प्रतिरोध परीक्षण गरी फर्कियो पिपुल्स पावर, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध परीक्षण गरी फर्कियो पिपुल्स पावर, हेरौँ कम्पनी विश्लेषण

Feb 07, 2026 05:22 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.४६ प्रतिशत घटेको छ। गत साता ३५९७.९४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १६.५१ अंक घटेर ३५८१.४३ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो पिपुल्स पावर लिमिटेड (PPL)।

यस साता कम्पनीको शेयरमूल्य २५ रुपैयाँ बढेको छ। गत साता ३८५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४१० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिरोध परीक्षण गरी फर्कियो

यस साता कम्पनीको शेयरमूल्यले ४१५ देखि ४३० को प्रतिरोध क्षेत्र परीक्षण गरी फर्किएको छ। यस साताको बुधबार कम्पनीको शेयरमूल्य उच्च बढेर सो क्षेत्र परीक्षण गरि फर्केको हो। त्यसपछिको कारोबार दिन अर्थात बिहीबार पनि कम्पनीको शेयरमूल्य घट्यो। आगामी कारोबार दिनमा पनि कम्पनीको शेयरमूल्य उकालो लागेमा ४१५ देखि ४३० को क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ। तर, ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएमा भने ३६५ देखि ३७५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले गत साता कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम तीन कारोबार दिन कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। जसले ती दिनहरुमा कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा १६ वटा सिग्नल दिइसकेको छ। जसमध्ये १४ वटा सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका थिए भने दुई सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ४ लाख ७८ हजार ६५५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ३ लाख १६ हजार ८०१ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ५१.०९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई बीचको दूरी फराकिलो रहेको छ। त्यसैगरी, यी दुबै रेखाहरु र हिस्टोग्राम सकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा माथि रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन हिस्टोग्रामको उचाई भने घटेको छ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३ करोड १७ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड १ लाख ४५ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको खर्च बढेसँगै खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ९ लाख ७६ हजार रुपैयाँबाट बढेर ३९ लाख ९५ हजार रुपैयाँ पुगेको छ।

९४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २१ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ७४.३९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.७२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ९४ लाख ८९ हजार कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ७४ करोड ८१ लाख ५५ हजार रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३३४ रुपैयाँ ९४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६३५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २६३ रुपैयाँ २० पैसा रहेको छ।

ब्रोकर २८ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर २८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको ४ लाख ४३ हजार १४९ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ४४ ले यस साता कम्पनीको सबैभन्दा बढी ३ लाख १२ हजार २१७ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।