Ipo.aspx merolagani - गत साता करिब ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता करिब ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Mar 15, 2026 06:25 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको थियो। अघिल्लो साता २७१२.४९ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.९८ प्रतिशत अर्थात २८२०.४४ अंक बढेर २८२०.४४ विन्दुमा बन्द भएको हो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

 

टेवा क्षेत्रमा

गत साता नेप्से परिसूचक टेवा क्षेत्रमा बन्द भएको छ। हाल नेप्सेको टेवा क्षेत्र २८०० देखि २८६० सम्म रहेको छ। सो क्षेत्र अघिल्लो साताको प्रतिरोध क्षेत्र थियो। साताको पहिलो कारोबारा दिन नै नेप्सेले सो प्रतिरोध क्षेत्र तोडेपछि अहिले सो क्षेत्र टेवा क्षेत्र बनेको हो। आगामी दिनमा नेप्से उकालो लागेमा २९९० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बुलिश तर ‘पर्ख र हेर’ को अवस्था

साप्ताहिक रुपमा गत साता नेप्सेले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। गत साताको पहिलो कारोबार दिन नेप्सेले लामो बुलिश मारुबोजु मैनबत्ती बनाएको थियो। जसले गत साता बजार बुलिश रहेको संकेत गर्दछ। तर सोपछिका दिनहरुमा बनेका राता मैनबत्तीहरुले लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ। अहिले बजारले २८०० मा आफ्नो बेस बनाउन खोजिरहेको देखिन्छ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम बलियो रहेको छ। पछिल्लो समय भोल्यूमका बारहरु अग्ला अग्ला बनेका छन्। औषत भोल्यूमभन्दा अहिलेको दैनिक भोल्यूम बढी छ। यसले बजारमा धेरै पैसा भित्रिएको संकेत गर्दछ। आगामी दिनमा नेप्सेको वृद्धिलाई भोल्यूमले साथ दिए सो वृद्धि बलियो हुने सम्भावना हुन्छ।

बुलिश सिग्नल

गत साता नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेको छ। यो बुलिश क्रशओभर हो। यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले पनि बजार बुलिश रहेको संकेत गर्दछ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ। आगामी दिनमा यो आरएसआई १०० को नजिक पुगेपछि बजारमा केही करेक्सन आउने सम्भावना रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।