Ipo.aspx merolagani - काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

Mar 31, 2026 08:57 AM Merolagani

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन्। जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ। जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।

comments powered by Disqus

सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।