Ipo.aspx merolagani - निरन्तर दाेस्राे दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

निरन्तर दाेस्राे दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Apr 01, 2026 10:58 AM Merolagani

चैत १८ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबार बढेकाे सुन र चाँदीकाे मूल्य, यस दिन पनि बढेकाे हाे। यस दिन सुनको मूल्य प्रतितोला सात हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

comments powered by Disqus

शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।