Ipo.aspx merolagani - सुन हिजाेकै मूल्यमा काराेबार, चाँदीको मूल्य भने बढ्यो

सुन हिजाेकै मूल्यमा काराेबार, चाँदीको मूल्य भने बढ्यो

Apr 03, 2026 11:08 AM Merolagani

चैत २० गते, शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर आज सुनको खरिदबिक्री भएको हो ।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

comments powered by Disqus

शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।