Ipo.aspx merolagani - बैशाख २ गते भीनफास्टको भीएफ एमपीभी–७ इभी लन्च हुँदै, बुकिङ खुलेसँगै यस्ता छन् गाडीका विशेषता

बैशाख २ गते भीनफास्टको भीएफ एमपीभी–७ इभी लन्च हुँदै, बुकिङ खुलेसँगै यस्ता छन् गाडीका विशेषता

Apr 04, 2026 11:31 AM merolagani

आगामी सन् २०२६ अप्रिल १५ अर्थात नेपाली नयाँ २०२‍८३ काे सुरुमै भीनफास्टको भीएफ एमपीभी–७ इलेक्ट्रिक गाडी सार्वजनिक हुने भएको छ । खासगरी, भारतीय बजारमा लन्च हुन लागेको यो गाडीको बुकिङ खुला भइसकेको छ ।

उक्त एसयूभी खरिद गर्न चाहने ग्राहकले २१ हजार भारतीय रुपैयाँको टोकन रकमबाट बुकिङ सुरु गरेको हो । गाडी खरिद गर्न इच्छुक ग्राहकले भीनफास्टका आधिकारीक डिलरसीप वा भीनफास्टको आधिकारीक वेबसाइटमार्फत गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

यो एसयूभीको मूल्य भने लन्च हुँदाकै दिन अर्थात अप्रिल १५ मा सार्वजनिक गरिनेछ । कार निर्माता कम्पनीका अनुसार, यो इभी गाडी सिग्नेचर गोल्डेन रेशियो अनुपातमा आधारित भइ विकास गरिएको छ । यसको पाङ्ग्रामा क्याबिन स्पेस अधिकतम बनाउने कुनाहरुतिर धकेलिएका छन् ।

इलेक्ट्रिक एमपीभी ६०.१३ किलोवाटको ब्याट्री प्याकका साथ उपलव्ध हुनेछ । जुन, पूर्ण चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आधिकारीक रुपमा पावर र टर्क तथ्यांक अझै खुलासा नगरे पनि भारतमा उत्पादन हुने यो मोडेलको एसयूभीले विश्वव्यापी विशिष्ट संस्करणमा जस्तै २४० बिएचपी र २८० एनएम टर्क उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

यो इभीमा फ्रस्ट एक्सल माउन्ट गरिएको इलेक्ट्रिक मोटर हुनेछ । र, फ्रन्ट ह्रील ड्राइभ प्रणालीको साथमा तीन ड्राइभ मोडहरु जस्तैः इको, कम्फर्ट र स्पोर्ट प्रदान गर्दछ । यो इभीले द्रत चार्जिङ क्षमतालाई बढावा दिएको छ । यो इभी १० देखि ७० प्रतिशत चार्ज हुन लगभग ३० मिनेट लाग्ने कम्पनीले जनाएको छ । यसले ११ किलोवाट एसी चार्जिङलाई पनि समर्थन गर्ने कम्पनी दाबी छ ।

यस्ता छन् सुविधा तथा विशेषताहरुः 

१०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट

HUD (हेड-अप डिस्प्ले)

स्टियरिङ-माउन्ट गरिएको नियन्त्रणहरू

रियर एसी भेन्टहरू

USB चार्जिङ पोर्टहरू

एकल-जोन जलवायु नियन्त्रण

चाबीविहीन कार्यहरू

स्टियरिङ नजिकै माउन्ट गरिएको ड्राइभ चयनकर्ता

PM2.5 एयर फिल्ट्रेसन

बहु एयरब्यागहरू

EBD सहित ABS

इलेक्ट्रोनिक स्थिरता नियन्त्रण

रियर पार्किङ सेन्सर र क्यामेरा

कृत्रिम छालाको अपहोल्स्ट्री

भण्डारण सहितको ठूलो केन्द्र कन्सोल

रिक्लाइनिङ र लचिलो सिट कन्फिगरेसन

सिग्नेचर V-आकारको LED DRL हरू

जडित LED टेलल्याम्पहरू

एरो-अनुकूलित मिश्र धातु पाङ्ग्राहरू

टर्न इन्डिकेटरहरू सहितको विद्युतीय रूपमा समायोज्य ORVM हरू

comments powered by Disqus

शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।