Sat, Apr 11, 2026
चैत २२ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ। यसदिन सुन गत बिहीबार कायम मूल्य र चाँदी शुक्रबारको बजारमा तय भएको मूल्यलाई नै आधार मानेर खरिद बिक्री भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य पछिल्ला दुई दिनदेखि स्थिर रहेको छ । त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।