Ipo.aspx merolagani - होटल संघ नेपालद्वारा दिल्लीमा विशेष पर्यटन अभियान

होटल संघ नेपालद्वारा दिल्लीमा विशेष पर्यटन अभियान

Apr 08, 2026 03:07 PM Merolagani

होटल संघ नेपालले भारतीय पर्यटकहरूको नेपालप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै भारतको राजधानी नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने भएको छ।

अप्रिल २८ र २९, २०२६ (बैशाख १५–१६, २०८३) मा दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा देशभरका एक सयभन्दा बढी सदस्य होटलहरूको सहभागिता रहनेछ। नेपाली दूतावास, नयाँ दिल्लीको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना हुने यस कार्यक्रमलाई विवाह पर्यटन (डेस्टिनेसन वेडिङ) प्रवद्र्धनमा विशेष प्राथमिकता दिइएको छ।

अप्रिल २८ को साँझ ‘नेपाल डेस्टिनेसन वेडिङ कनेक्ट’ नामक विशेष कार्यक्रममार्फत नेपालका लक्जरी होटल तथा रिसोर्टहरूले विवाह पर्यटनलाई वृहत्तररूपमा बढावा दिने उद्देश्यले प्रतिष्ठित भारतीय वेडिङ प्लानर तथा ओटीएजसँग नेटवर्किङ गर्नेछन्। साथै आरोग्य पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिनेछ।

अप्रिल २९ मा नेपालबाट सहभागी होटल व्यवसायी तथा प्रमुख भारतीय ट्राभल–टुर अपरेटरबीच बीटूबी कार्यक्रममार्फत आपसी सम्बन्ध विस्तार गर्दै विभिन्न पर्यटन प्याकेज सञ्चालनका लागि सम्झौता गरिनेछ। सो दिन सहभागी होटलहरूले आफ्ना सेवा तथा सुविधा प्रस्तुत गर्नेछन् भने नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन साँझ तथा नेटवर्किङ कार्यक्रममार्फत समापन गर्नेछ।

 

गर्मीको छुट्टीमा नेपालको अनुकूल मौसमले भारतीय परिवारलाई आकर्षित गर्ने भएकाले होटल संघ नेपालले आफ्नो स्थापनाको हीरक जयन्ती अवसरमा विशेष प्याकेजसहित भारतीय बजारमा पर्यटन प्रवद्र्धन अभियान अघि सारेको जनाएको छ।

comments powered by Disqus

मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।