Ipo.aspx merolagani - रवि लामिछाने स्वदेश आज फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै

रवि लामिछाने स्वदेश आज फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै

Jun 05, 2026 08:17 AM Merolagani

जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज स्वदेश फर्किंदै छन्। पाँचदिने भारत भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाँदैछन्।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा मन्त्री खनाल आज भारत प्रस्थान गर्न लागेका हुन्।

नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

खनालको भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ। औपचारिक भ्रमणका सबै कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।

comments powered by Disqus

हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।