Ipo.aspx merolagani - व्यक्तिगत मुद्दति निक्षेपमा १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल

व्यक्तिगत मुद्दति निक्षेपमा १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल

Apr 13, 2026 09:09 AM Merolagani

व्यत्तिगत मुद्दति निक्षेपमा १९ वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। बैंकहरुले २०८३ बैशाख महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार यस्तो देखिएको हो।

चैत महिनाका लागि यस्तो निक्षेपमा ४ बैंकहरुले अधिकतममा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा तीन बैंकहरुले ब्याजदर घटाएपछि १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो। चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए। जसमध्ये हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएर ५ प्रतिशतभन्दा तल झारेका हुन्। एनएमबि बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औषत ०.०९४ प्रतिशतविन्दु घटेको छ। चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.४९४ प्रतिशतविन्दु रहेको थियो। जुन बैशाखका लागि घटेर ४.४ प्रतिशतविन्दुमा झरेको हो। ७ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर घट्न पुगेको हो। बैशाखका लागि स्ट्रयाण्डर्ड चार्टर्ड, कुमारी, एभरेष्ट, सिद्धार्थ, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन्।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०६३ प्रतिशतविन्दु घटेको छ। चैत महिनामा ३.२९२५ प्रतिशतविन्दु रहेको यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, बैशाख महिनाका लागि घटेर ३.२२९५ प्रतिशतविन्दुमा झरेको छ।

कुन बैंककाे अधिकतम ब्याजदर कति?

comments powered by Disqus

मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।