Ipo.aspx merolagani - खुद ब्याज आम्दानी बढेपछि सालपा विकास बैंकको खुद नोक्सानी घट्यो

खुद ब्याज आम्दानी बढेपछि सालपा विकास बैंकको खुद नोक्सानी घट्यो

Apr 26, 2026 07:13 AM Merolagani

सालपा विकास बैंक लिमिटेड (SABBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंक ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।

ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.४७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

गत चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ।

५२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।