Ipo.aspx merolagani - एनआईसी एशिया बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा साढे १३ अर्बभन्दा बढी ऋणात्मक

एनआईसी एशिया बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा साढे १३ अर्बभन्दा बढी ऋणात्मक

Apr 28, 2026 06:40 AM Merolagani

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.५३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशत र सञ्चालन मुनाफा ४७.८६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५ करोडबाट घटेर २ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १६ पैसा घटेर १ रुपैयाँ २५ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २९२.०४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा रहेको छ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।