Ipo.aspx merolagani - नबिल बैंकले कमायो साढे ६ अर्बभन्दा बढी नाफा, लाभांश क्षमतामा पनि सुधार

नबिल बैंकले कमायो साढे ६ अर्बभन्दा बढी नाफा, लाभांश क्षमतामा पनि सुधार

Apr 28, 2026 08:25 AM Merolagani

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा साढे ६ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ २ पैसा पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा २५ रुपैयाँ ५ पैसा थियो। त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड पुगेको छ। जसले बैंकको लाभांश क्षमतामा वृद्धि भएको संकेत गर्दछ।

५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी ३२ अर्ब ५ करोड रुपैयाँ पुर्याएको यस बैंकको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा छ। त्यस्तै, बैंकको जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।