Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानी बढेसँगै ईङवा हाइड्रोपावर नाफामा

विद्युत बिक्री आम्दानी बढेसँगै ईङवा हाइड्रोपावर नाफामा

Apr 30, 2026 12:55 PM Merolagani

ईङवा हाइड्रोपावर लिमिटेड (IHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रेमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलाे ९ महिनासम्ममा नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ करोड १८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ९५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १९ करोड २६ लाख रुपैयाँबाट बढेर २१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १० करोड ६ लाख रुपैयाँबाट घटेर ८ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ।

पाँचथर र ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट क्षमताको माथिल्लो ईङ्वा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको यस कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको अन्य इक्विटी १ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७.७३ गुणा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १७९.०७ गुणा रहेको छ।

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।