Ipo.aspx merolagani - मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर नोक्सानीबाट नाफामा

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर नोक्सानीबाट नाफामा

May 06, 2026 02:11 PM Merolagani

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा खुद नाफा आर्जन गर्न सफल भएको छ।


१. नाफा र आम्दानीको ट्रेण्ड

खुद नाफाः कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७४ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यही अवधिसम्ममा कम्पनी १ करोड ८० लाख ८७ हजार नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानीः कम्पनीको मुख्य आम्दानीको स्रोत विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड १३ लाख ७२ हजार रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १० करोड ५६ लाख १२ हजार रुपैयाँ पुगेको छ।

सञ्चालन मुनाफाः समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३ करोड ४८ लाख रुपैयाँबाट बढेर ४ करोड ४७ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी र जगेडा कोषः कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। यद्यपि, कम्पनी अझै पनि २९ करोड ११ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ।

२. वित्तीय सूचकहरूको अवस्था


कम्पनीले आफ्नो ५ मेगावाट क्षमताको घट्टेखोला साना जलविद्युत आयोजनाबाट २०७७ कात्तिक २३ देखि नियमित ऊर्जा उत्पादन गरिरहेको छ।

 
comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।