Ipo.aspx merolagani - करिब १ सय ४८ किलो गाँजा सहित दुई जना पक्राउ

करिब १ सय ४८ किलो गाँजा सहित दुई जना पक्राउ

May 06, 2026 01:46 PM Merolagani

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १ सय ४८ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मोरसदाम र १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

comments powered by Disqus

मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।