Ipo.aspx merolagani - साताभर सुनको मूल्य ३८०० रुपैयाँ बढ्यो

साताभर सुनको मूल्य ३८०० रुपैयाँ बढ्यो

May 09, 2026 05:57 AM Merolagani

पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ । गत बैशाख १८ गते शुक्रबार बजारमा सुनको मूल्य २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएकोमा त्यसको एक हप्तापछि सुनको मूल्य ३ हजार ८०० रुपैयाँले बढेर  प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, हप्ताभर सुनको मूल्य उक्त रकमले बढेको हो । त्यस्तै, बैशाख २० गते आइतबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, बैशाख २१ गते सोमबार पनि सुनको मूल्य गिरावट भएको छ । उक्त दिन ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बैशाख २२ गते मंगलबार पनि एकैदिन ३ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख २३ गते बुधबार भने एकैदिन ५ हजार ८०० रुपैयाँले सुनको मूल्य बढेको छ । उक्त दिन सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बैशाख २४ गते सुन प्रतितोला १८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख २५ गते बिहीबार भने सुनको मूल्य स्थिर रह्यो । शुक्रबार पनि सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुन व्यवसायीका अनुसार, गएको हप्ताभर सुनको मूल्यमा त्यति बढी उतारचढाव नआएको र स्थिर नै देखिएको छ ।

comments powered by Disqus

मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।