Ipo.aspx merolagani - सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने बढ्दाे क्रममा

सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने बढ्दाे क्रममा

May 13, 2026 10:56 AM Merolagani

बैशाख ३० गते बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी नै छ। यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ।

comments powered by Disqus

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।