Ipo.aspx merolagani - सूर्यज्योति लाइफको नयाँ अभियानः अब डिजिटल माध्यमबाटै ‘झ्याप्पै’ बीमा कर्जा पाइने

सूर्यज्योति लाइफको नयाँ अभियानः अब डिजिटल माध्यमबाटै ‘झ्याप्पै’ बीमा कर्जा पाइने

Jun 03, 2026 06:28 PM Merolagani

नेपालमै पहिलोपटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान शुरु गरेको छ। 

ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो योजना ल्याइएको हो। यस अभियानअन्तर्गत योग्य बीमितहरूले अब घरमै बसेर अनलाइन प्रक्रियामार्फत तुरुन्तै ऋण प्राप्त गर्न सक्नेछन्।

यस योजनामा ग्राहकले अधिकतम दुई लाख रुपैयाँसम्मको तत्काल ऋण पाउन सक्नेछन्। साथै, ऋण आवेदन गर्दा लाग्ने ५० रुपैयाँ सेवा शुल्कमा शतप्रतिशत क्यासब्याकको सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ। विशेषगरी, यो सेवा पूर्ण रूपमा डिजिटल भएकाले यसका लागि कुनै पनि कागजी प्रक्रिया वा अतिरिक्त दस्तावेजको आवश्यकता पर्ने छैन।

ऋण लिन चाहने योग्य बीमितहरूले सुरुमा सूर्यज्योतिको मोबाइल एपमार्फत आफ्नो ऋण योग्यता सहजै जाँच गर्न सक्नेछन्। त्यसपछि उपलब्ध गराइएको वित्तीय वालेटको लिङ्कबाट सिधै वा सोही वालेट एपभित्र रहेको बीमा तथा सुरक्षा खण्डको बीमा ऋण अन्तर्गत सूर्यज्योति ई–कर्जा विकल्पमा गएर आफ्नो बीमालेख नम्बर राखी प्रक्रिया पूरा गर्नुपर्नेछ। यो प्रक्रिया पूरा हुनासाथ कर्जा रकम तुरुन्तै प्राप्त हुनेछ।

नेपालको डिजिटल बीमा ऋण क्षेत्रमा यो अभियानलाई एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले बीमितहरूलाई सुरक्षित र सहज वित्तीय पहुँच दिलाउनुका साथै डिजिटल नेपालको अवधारणालाई थप बल पु¥याउने विश्वास कम्पनीले लिएको छ। कम्पनीले आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरूबाट यसको व्यापक प्रवद्र्धन गरिरहेको छ र यो जानकारी धेरैभन्दा धेरै सेवाग्राहीसम्म पु¥याउन सबै सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ।

comments powered by Disqus

हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।