Ipo.aspx merolagani - अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

Jun 08, 2026 09:55 AM Merolagani

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

जेठ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

२०७९ असोजदेखि दोस्रो बजारमा कारोबार आएको यस लघुवित्तले हालसम्म आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन। यद्यपि, लघुवित्तको शेयर दोस्रो बजारमा गत साता १ हजार ११४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। नेप्सेमा यस लघुवित्तको कुल २५ लाख कित्ता शेयर सूचीकृत छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ८४ पैसा रहेको छ।

comments powered by Disqus

सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।