Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा भारि गिरावट

सुनचाँदीको मूल्यमा भारि गिरावट

Jun 19, 2026 10:48 AM Merolagani

असार ५ गते, शुक्रबार, नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला १० हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

comments powered by Disqus

सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।