Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार?

सुनचाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार?

Jun 11, 2026 12:23 PM Merolagani

जेठ २८ गते, बिहीबार, नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला पाँच हजार १०० रुपैयाँले र चाँदी तोलामा ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

comments powered by Disqus

सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।