Ipo.aspx merolagani - सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

Jun 15, 2026 08:52 AM Merolagani

संवैधानिक व्यवस्था अनुसार देशका सातै वटा प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट आ–आफ्नो प्रदेश सभामा प्रस्तुत गर्दै छन्।

सङ्घीय सरकारले जेठ १५ गते बजेट ल्याएपछि सोही खाकामा आधारित भएर प्रदेशहरूले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ।

सबैजसो प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्।

कुन प्रदेशको बजेट कति बजे?

प्रदेश सभा सचिवालयहरूका अनुसार आज सातै प्रदेशमा बजेट प्रस्तुतिका लागि समय निर्धारण गरिएको छः

  • कोशी प्रदेशः दिउँसो ४ः०० बजे
  • मधेस प्रदेशः दिउँसो १ः०० बजे
  • बागमती प्रदेशः दिउँसो ४ः०० बजे
  • गण्डकी प्रदेशः दिउँसो ४ः०० बजे
  • लुम्बिनी प्रदेशः दिउँसो ५ः०० बजे
  • कर्णाली प्रदेशः दिउँसो ३ः०० बजे
  • सुदूरपश्चिम प्रदेशः साँझ ५ बजे
comments powered by Disqus

सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।