Ipo.aspx merolagani - नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य, स्वर्ण उत्सवमा ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रह

नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य, स्वर्ण उत्सवमा ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रह

Jun 15, 2026 05:25 PM Merolagani

अटोमोबाइल्स एसोसिएन अफ नेपाल(नाडा) र ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने भएको छ ।

सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीकाे नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

सो छलफलका क्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाविच क्रिएटिभ र दीर्घकालीन उद्देश्य विषयहरुमा सहकार्य गरी अघि बढ्नु पर्ने बताए । सोही क्रममा उनले पहाडी क्षेत्रमा चल्नु पर्ने ठूला सिसिका बाइकहरु पनि काठमाण्डौं शहरभित्र चल्ने गरेको गुनासो गर्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाए । यसै क्रममा उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सहित एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नु पर्ने बताए ।

नाडाका अध्यक्ष उप्रतीले सो कार्यालयसँग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गरे । 

साे अवसरमा महासचिव मिलनबाबु मल्ल, उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल समेतले समेत आफ्ना धारणा व्यक्त गरे ।

 

comments powered by Disqus

सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।