Ipo.aspx merolagani - सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

Jun 17, 2026 10:57 AM Merolagani

असार ३ गते, बुधबार, नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

comments powered by Disqus

सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।