Ipo.aspx merolagani - सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jun 20, 2026 06:44 AM Merolagani

यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ९ लाख रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.११ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १२.६६ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३७ अर्ब रुपैयाँ घटेर ४६ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। गत साता १० हजार ९९५.५७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६८.०५ अंक बढेर ११ हजार ६३.६२ विन्दुमा पुगेको छ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१० प्रतिशत घटेको छ। गत साता २०४३.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६३.४४ अंक घटेर १९७९.८४ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८२.९२ अंक घटेको छ। गत साता ११ हजार ३५२.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११ हजार ६९.८४ विन्दुमा झरेको छ।

यस साता तीन कम्पनीको कुल २ करोड ९ लाख ८ हजार ९८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो भने याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता एपोलो हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १०१.०५ प्रतिशत बढेको छ। गत साता ४५५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य करिब साढे ९९ प्रतिशत बढेको छ भने सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे १० प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक ११.५१ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एपोलो हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने माई खोला हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, राष्ट्रिय बीमा कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।