Ipo.aspx merolagani - कामना सेवा विकास बैकद्वारा श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैकद्वारा श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

Jun 24, 2026 11:00 AM Merolagani

कामना सेवा विकास बैंक लिमिटेडले (KSBBL) आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले श्री दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेका छन् । विद्यालयको दृष्टिविहीन छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

कुलरले गर्मी मौसममा छात्रावासभित्रको तापक्रमलाई सहज बनाई दृष्टिविहीन विद्यार्थीहरूलाई आरामदायी वातावरणमा बस्न तथा अध्ययन गर्न सहयोग पुर्‍याउने र ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनका लागि अत्यावश्यक शैक्षिक सामग्री भएकाले यसले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । विद्यालयका प्रधानाध्यापक सापकोटाले बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस सहयोगले दृष्टिविहीन विद्यार्र्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

comments powered by Disqus

अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।