Ipo.aspx merolagani - पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

Jun 22, 2026 06:30 PM Merolagani

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ।

उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको स्रोतले बताएको छ।

comments powered by Disqus