Ipo.aspx merolagani - रास्वपा महाधिवेशन अपडेटः बिहान ८ बजेसम्म २१ सय मत खस्यो

रास्वपा महाधिवेशन अपडेटः बिहान ८ बजेसम्म २१ सय मत खस्यो

Jun 25, 2026 08:42 AM Merolagani

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। स्रोतका अनुसार आज बिहान ८ बजेसम्ममा २ हजार १०० भन्दा बढी प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

पार्टीको बन्दसत्र सकिएलगत्तै मध्यरातबाट सुरु भएको यो निर्वाचन प्रक्रियामा प्रतिनिधिहरूको उल्लेख्य र सक्रिय सहभागिता देखिएको छ। विद्युतीय मतदान मेसिन (ईभीएम) को प्रयोग गरिएकाले मतदान प्रक्रिया निकै द्रुत गतिमा अघि बढेको निर्वाचन समितिले जनाएको छ।

मतदान प्रक्रिया द्रुत गतिमा अघि बढे पनि उम्मेदवारहरूको संख्या धेरै भएका कारण सबै प्रतिनिधिहरूले समयमै भोट हालिसक्न केही जटिलता देखिएको छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै निर्वाचन समितिले सबै प्रतिनिधिहरूलाई समेट्नका लागि मतदानको निर्धारित समयलाई केही थप (विस्तार) गर्ने आन्तरिक तयारी गरिरहेको बुझिएको छ।

रास्वपाको संशोधित विधान अनुसार कुल १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ खुला तथा समावेशी केन्द्रीय सदस्य छान्नका लागि यो मतदान भइरहेको हो। महाधिवेशनमा देशभरका प्रतिनिधिहरूका साथै प्रवासमा रहेका प्रतिनिधिहरूले समेत मोबाइल एपमार्फत डिजिटल रूपमा मतदान गरिरहेका छन्। पार्टीको सर्वोच्च पद सभापतिमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

comments powered by Disqus