Ipo.aspx merolagani - फेरि घट्यो सुनचाँदीको मूल्य

फेरि घट्यो सुनचाँदीको मूल्य

Jun 30, 2026 10:55 AM Merolagani

असार १६ गते, मंगलबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला चार हजार ५०० रुपैयाँ र चाँदी प्रतीतोला २५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० सय रुपैयाँ कारोबार भएको छ। सोमबारको सुन तोलामा दुई लाख ८२ हजार ४०० सय रुपैयाँ किनबेच भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटेको हो ।

त्यस्तै आजको बजारमा चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।