Ipo.aspx merolagani - सुनकाे मूल्य एकै दिन ५ हजार २०० ले घट्यो, चाँदीकाे मूल्य कति?

सुनकाे मूल्य एकै दिन ५ हजार २०० ले घट्यो, चाँदीकाे मूल्य कति?

Jun 25, 2026 10:55 AM Merolagani

असार ११ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुनको मूल्य प्रतितोला पाँच हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तरको गिरावट भएको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी तोलाको चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।