Ipo.aspx merolagani - वार्षिक १८ लाख विदेशी पर्यटक भियतनाममा धान रोपाई हेर्न जान्छन्, नेपालमा भने धान दिवस तमासा देखाउने पर्वमा सिमित हुँदै

वार्षिक १८ लाख विदेशी पर्यटक भियतनाममा धान रोपाई हेर्न जान्छन्, नेपालमा भने धान दिवस तमासा देखाउने पर्वमा सिमित हुँदै

Jul 01, 2026 11:09 AM Merolagani

नेपालमा असार १५ लाई सरकारी स्तरबाटै धान दिवस मनाइन्छ । विसं २०६१ सालदेखि सरकारले धान दिवस मनाउन थालेको हो । धान दिवसको अवसरमा खेतहरुमा गएर ‘सुकिलामुकिला’हरुले पनि रोपाईको आनन्द लिन्छन् ।

पछिल्लो समय भने नेपालमा रहेका विदेशी पर्यटकहरुसमेत धान दिवसप्रति उत्साहित हुने गरेको देखिएको छ । तर, सरकार र सरोकारवाला पक्षहरुले यसलाई फगत शुभकामना आदान प्रदान र समाजिक संजालमा तस्विर पोष्ट गर्ने औपचारिकतामा सिमित गर्दा धान दिवसबाट अपेक्षाकृत फाइदा पुग्न सकेको छैन । यथार्थतामा असार १५ उत्पादन बढाउन, आर्थिक अवस्था सुधार गर्न होइन कि तमासा देखाउने पर्वको रुपमा मात्रै सिमित भएको छ ।


उता, एशियाली मुलुक भियतनामले भने धान दिवस कहिल्यै मनाउँदैन । तर, धान रोपाई हेर्नको लागि विश्वभरका पर्यटकहरु भियतनाम पुग्छन् ।

भियतनाम राष्ट्रिय पर्यटन प्राधिकरण  (National Authority of Tourism - VNAT) काअनुसार भियतनामले ‘धानको गरा केन्द्रित पर्यटन’ लाई प्रवर्द्धन गरिरहेको छ । विशेषगरी रोपाईको समय र धान पाकेर सुनौलो हुने (सेप्टेम्बर-अक्टोबर) हेर्न र त्यहाँका रैथाने समुदायसँग कृषि अनुभव लिन कुल विदेशी पर्यटकमध्ये करिब १५% (वार्षिक १८ लाख पर्यटक) ती क्षेत्रहरूमा पुग्ने गर्छन् । भियतनाममा वार्षिक करिब १ करोड ८० लाखसम्म अन्तर्राष्ट्रिय पर्यटकहरू पुग्ने गरेका छन्। त्यसले त्यहाँको समग्र अर्थतन्त्रमा निकै ठूलो प्रभाव पारेको छ ।

भियतनाममा धान खेती र परम्परागत रोपाईंलाई पर्यटनसँग जोडेर कृषि पर्यटनको राम्रो विकास गरिएको छ। भियतनाममा निश्चित दिन नभए पनि, डिसेम्बरको चामल महोत्सव र सेप्टेम्बरको नयाँ धान उत्सव नै त्यहाँका मुख्य धान दिवसहरू हुन्। भियतनाममा धान रोपाईं र हरियाली तथा सुनौला गराहरू हेर्न मुख्य गरी दुई प्रकारका पर्यटकहरू पुग्छन् ।

युरोपेली र अमेरिकी पर्यटकहरू फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका, बेलायत, चीन, दक्षिण कोरिया, जापान र ताइवानका पर्यटकहरू भियतनामी किसानहरूको परम्परागत जीवनशैली, धान रोप्ने तरिका र स्थानीय संस्कृतिमा बढी चासो राख्छन्। उनीहरू प्रकृतिको नजिक रहेर गरिने फुर्सदिलो यात्रा मन पराउने भएकाले धान खेतमै पसेर हिलो छ्याप्ने र रोपाईंको अनुभव लिने गर्छन्।

भियतनामको (Sa Pa), मु काङ चाई (Mu Cang Chai) र मेकोङ डेल्टा (Mekong Delta) का भिराला र कलात्मक धानका गराहरू उनीहरूका लागि मुख्य आकर्षण हुन्। विशेष गरी फोटोग्राफी र सामाजिक सञ्जालका लागि दृश्यावलोकन गर्न उनीहरू त्यहाँ पुग्छन्।

पर्यटकहरूले कति खर्च गर्छन् ?

कृषि पर्यटनमा आउने पर्यटकहरूको खर्च उनीहरूको बसाइ र गन्तव्य अनुसार फरक हुन्छ ।एकजना सामान्य अन्तर्राष्ट्रिय पर्यटकले ग्रामीण कृषि क्षेत्रमा बस्दा प्रतिदिन ५० देखि १५० अमेरिकी डलर सम्म खर्च गर्छन्। यसमा होमस्टे वा रिसोर्टको बसाइ, रैथाने खाना र गाइडको शुल्क समावेश हुन्छ।

विशेष प्याकेज र गतिविधि खर्चः

धान रोपाईंको प्रत्यक्ष अनुभव लिने जस्ता १-२ दिने विशेष टुर प्याकेजहरूको मूल्य ४० देखि १०० डलरसम्म पर्छ । यसमा पर्यटकहरूले आफैं हिलोमा चढेर धान रोप्ने, परम्परागत हलो जोत्ने र स्थानीय किसानसँगै खानपान गर्ने अवसर पाउँछन्। कुल बसाइ खर्च उत्तरका हिमाली क्षेत्र जस्तैमा ३ देखि ५ दिन बिताउने पर्यटकहरूले प्रतिव्यक्ति ३०० देखि ७०० डलर सम्म खर्च गर्ने गरेको देखिन्छ।

सरकारले कस्ता कार्यक्रमहरू संचालन गर्छ  ?

भियतनाम सरकारले कृषि र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्न रणनीतिक रूपमा नीति तथा कार्यक्रमहरू लागू गरेको छ । 

नयाँ ग्रामीण विकास कार्यक्रम  (New-Style Rural Development Program)

सरकारले देशका ग्रामीण क्षेत्रहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष बजेट विनियोजन गरेको छ। उदाहरणका लागि, राजधानी हनोई वरपरका दर्जनौं ग्रामीण क्षेत्रलाई कृषि र परम्परागत कला संस्कृति प्रदर्शन गर्ने पर्यटन केन्द्रको रूपमा तोकिएको छ।

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।