Ipo.aspx merolagani - अमेरिकाको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा ३० देशका प्रतिनिधि तथा ९० राष्ट्रका धार्मिक नेता सहभागी हुने

अमेरिकाको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा ३० देशका प्रतिनिधि तथा ९० राष्ट्रका धार्मिक नेता सहभागी हुने

Jul 02, 2026 10:43 AM Merolagani

इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहमा ३० भन्दा बढी देशका प्रतिनिधि र ९० भन्दा बढी राष्ट्रका धार्मिक नेताहरू सहभागी हुने भएका छन् ।

इरानका गृह राज्यमन्त्री एवं अन्त्येष्टि व्यवस्थापन मुख्यालयका प्रमुख अली अकबर पुरजमशिदियनले आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनकाअनुसार आगामी शुक्रवार तेहरानमा विदेशी नेता, उच्च अधिकारी र धार्मिक व्यक्तित्वहरूको उपस्थितिमा दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्न एक विशेष समारोह आयोजना गरिनेछ । अन्त्येष्टि कार्यक्रमको तालिकाअनुसार आगामी शनिवार बिहानदेखि आईतवारसम्म तेहरानस्थित इमाम खोमेनी मोसल्लामा बिदाइ समारोह सञ्चालन हुनेछ । सोमवार मुख्य अन्त्येष्टि जुलुस निकालिने कार्यक्रम छ, जसमा इरान र अन्य क्षेत्रीय मुलुकहरूबाट ठूलो संख्यामा जनसहभागिता रहने अपेक्षा गरिएको छ ।

पुरजमशिदियनकाअनुसार जुलाई ७ मा इरानको मध्य शहर कोममा विशेष समारोह आयोजना गरिनेछ भने जुलाई ८ मा धार्मिक विधिहरूका लागि खामेनीको पार्थिव शरीरलाई छिमेकी मुलुक इराक लगिनेछ । अन्त्यमा जुलाई ९ मा इरानको उत्तरपूर्वी शहर मशहदमा उनको अन्त्येष्टि गरिनेछ ।

गत फेब्रुअरी २८ मा तेहरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा सर्वोच्च नेता खामेनीको मृत्यु भएको थियो । उनको निधनपछि गत मार्च महिनामा इरानको ‘एसेम्बली अफ एक्सपट्र्स’ ले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिसकेको छ ।

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।