Ipo.aspx merolagani - वायु प्रदुषण न्युनिकरणका लागि दिल्ली सरकारद्वारा नयाँ विद्युतीय सवारी नीति सार्वजनिक

वायु प्रदुषण न्युनिकरणका लागि दिल्ली सरकारद्वारा नयाँ विद्युतीय सवारी नीति सार्वजनिक

Jul 01, 2026 10:28 AM Merolagani

भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले त्यहाँको सरकारले नयाँ विद्युतीय सवारी (ईभी) नीति घोषणा गरेको छ । सार्वजनिक गरिएको यस नीतिअनुसार ३० लाख भारतीय रूपैयाँ (करिव ३१,७३६ अमेरिकी डलर) सम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सडक दस्तुर र दर्ता शुल्कमा शतप्रतिशत छुट दिइने भएको छ ।

मन्त्रिपरिषद्बारा स्वीकृत यो नीति जुलाई १ देखि कार्यान्वयनमा आउनेछ । दिल्ली सरकारले सन् २०३० को मार्च महिनासम्ममा सहरलाई पूर्ण रूपमा प्रदूषणमुक्त बनाउने लक्ष्यका साथ यो कदम चालेको हो ।

नयाँ नीतिमा पेट्रोल र कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) बाट चल्ने दुई पाङ्ग्रे सवारी साधनहरूलाई चरणवद्ध रूपमा विस्थापन गर्ने योजना समावेश गरिएको छ । जसअनुसार सन् २०२८ को अप्रिलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन मात्र विक्री र दर्ता गर्न अनुमति दिइनेछ ।

विद्युतीय यातायात प्रणालीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न दिल्ली सरकारले आगामी चार वर्षभित्र १५० अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

comments powered by Disqus

के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।