Ipo.aspx merolagani - पर्यटन व्यवसायीका लागि कर र कानुनी अनुपालनासम्बन्धी दुई दिने तालिम सम्पन्न

पर्यटन व्यवसायीका लागि कर र कानुनी अनुपालनासम्बन्धी दुई दिने तालिम सम्पन्न

Jul 03, 2026 12:35 PM Merolagani

नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) सँगको सहकार्यमा काठमाडौंमा ट्राभल तथा टुर व्यवसायीका लागि कर र कानुनी अनुपालनासम्बन्धी दुई दिने तालिम सञ्चालन गरेको छ । बिहीबारदेखि सुरु भएको सो तालिममा विभिन्न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरूको सहभागिता रहेको थियो ।

तालिममा करका प्रकार, पर्यटन क्षेत्रमा आकर्षित हुने कर, कर भुक्तानी गर्दा ध्यान दिनुपर्ने विषय, कानुनी व्यवस्था तथा सोको व्यावहारिक पालनालगायतका विषयमा व्यवसायीहरूलाई जानकारी दिइएको थियो । विशेषगरी कर र भ्याटसम्बन्धी ऐन–कानुनको ज्ञानको अभावमा साना व्यवसायीले भोग्नुपर्ने जरिवाना र झन्झटलाई न्यूनीकरण गर्न यो तालिम निकै प्रभावकारी बनेको छ ।

कार्यक्रममा बोल्दै सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले व्यवसायीलाई करका विषयमा हुने झन्झटबाट मुक्त राख्न आवश्यक व्यावहारिक ज्ञान प्रदान गरिएको बताए । उनले कर कानुनमा हरेक वर्ष परिवर्तन भए पनि यसका आधारभूत सिद्धान्तहरू स्थिर रहने र सोसम्बन्धी ज्ञानले व्यवसायको दीर्घकालीन विकासका साथै आर्थिक अनुशासन र पारदर्शिता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डले कर भुक्तानी प्रक्रियाबारे जानकारीको अभाव वा लापरबाहीका कारण व्यवसायीहरूले ठूलो जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । सोही कारण व्यवसायीलाई सचेत गराउने उद्देश्यले यो तालिम आयोजना गरिएको बोर्डले जनाएको छ । विभिन्न चरणमा सञ्चालन गरिएको सो तालिम शुक्रबार समापन भएको छ । साथै, बोर्डले आगामी महिना सोट्टो नेपालसँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।