Ipo.aspx merolagani - गोल्यान समूहले बनाउने भयो ३०६ मेगावाटको माथिल्लो मुगु जलविद्युत आयोजना, उत्पादन अनुमतिको प्रक्रिया सुरु

गोल्यान समूहले बनाउने भयो ३०६ मेगावाटको माथिल्लो मुगु जलविद्युत आयोजना, उत्पादन अनुमतिको प्रक्रिया सुरु

Jul 07, 2026 02:34 PM Merolagani

व्यावसायिक घराना गोल्यान समूहले कर्णाली प्रदेशको मुगुमा निर्माण गर्न लागेको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु जलविद्युत आयोजनाले उत्पादन अनुमतिको प्रक्रिया अघि बढाएको छ ।

समूहको सहायक कम्पनी एलिभेट इनर्जीमार्फत अघि बढाइएको यो अर्धजलाशययुक्त आयोजना निजी क्षेत्रले आँट गरेको ठूला आयोजनामध्ये एक हो ।

कम्पनीले २०७७ सालमा सर्भे लाइसेन्स प्राप्त गरी अध्ययन सुरु गरेको थियो । मुगुको मुगुम कर्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिका भई बहने मुगु कर्णाली नदीको पानी उपयोग गर्ने गरी यो आयोजना प्रस्ताव गरिएको छ ।

आयोजनाको सम्भाव्यता अध्ययनका लागि अमेरिकी बैंक ‘डेभलपमेन्ट फाइनान्स कर्पोरेसन’ले सन् २०२२ मा अनुदान उपलब्ध गराएको थियो । सोही अनुदान अन्तर्गत जर्मनीको प्रख्यात परामर्शदाता कम्पनी ‘ट्र्याकबेल इन्जिनियरिङ’ ले अहिले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालका अनुसार आयोजनास्थलमा करिब ४ किलोमिटर ड्रिलिङ र ४०० मिटरको परीक्षण सुरुङ खनेर चट्टान परीक्षणको काम सम्पन्न भइसकेको छ । यस्तै, पुल्चोक इन्जिनियरिङ क्याम्पस नजिकै रहेको हाइड्रोल्याबमा आयोजनाको हेडवक्सको मोडेल अध्ययन भइरहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया विगत तीन वर्षदेखि जारी छ । आयोजना निकुञ्जको कोर क्षेत्रमा नपरी 'बफर जोन'मा मात्र पर्ने भए तापनि नीतिगत अस्पष्टता र कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण वातावरणीय अध्ययन स्वीकृत हुन केही समय लागेको कम्पनीले जनाएको छ ।

हाल विद्युत् विकास विभागले आयोजनाको उत्पादन अनुमति पत्रका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । सूचनाको अवधिभित्र कुनै दाबी-विरोध वा नकारात्मक प्रतिक्रिया नआएमा विभागले कम्पनीलाई निर्माणका लागि अन्तिम अनुमति पत्र प्रदान गर्नेछ ।

गोल्यान समूहले पछिल्लो समय ऊर्जा क्षेत्रमा आफ्नो लगानीलाई तीव्र बनाएको छ । हाल कम्पनीको पोर्टफोलियोमा जलविद्युत र सौर्य ऊर्जा गरी ७०० मेगावाट भन्दा बढीका आयोजनाहरू छन् ।

समूहले ३६ मेगावाटको बलेफी हाइड्रोपावर सञ्चालनमा ल्याइसकेको छ भने ४६ मेगावाटको अपर बलेफी निर्माणाधीन छ । जलविद्युततर्फ मात्रै कम्पनीको ५२० मेगावाटको पोर्टफोलियो रहेको छ । यस्तै, सौर्य ऊर्जातर्फ २० मेगावाट सञ्चालनमा आइसकेको छ भने नेपाल विद्युत प्राधिकरणको प्रतिस्पर्धाबाट १७० मेगावाटको कोटा प्राप्त गरेको छ, जसमा रोल्पामा ५० मेगावाटको ठूलो सोलार प्लान्ट निर्माणको तयारीमा छ ।

comments powered by Disqus

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ।