Ipo.aspx merolagani - कपडा व्यवसायी नवीन जिन्दलले आफ्नै घरको छतबाट हाम फालेर गरे आत्महत्या

कपडा व्यवसायी नवीन जिन्दलले आफ्नै घरको छतबाट हाम फालेर गरे आत्महत्या

Jul 21, 2026 04:51 PM Merolagani

बौद्धस्थित चुच्चेपाटीका कपडा व्यवसायी नवीन जिन्दल (अग्रवाल)ले सोमबार बेलुकी आफ्नै घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।

भारतबाट कपडा आयात गरी होलसेल व्यापार गर्दै आएका जिन्दल पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण आर्थिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ५२ वर्षीय जिन्दलको कोठामा विषसमेत फेला परेकाले उनले विष सेवन गरेर हामफालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

लामो समयदेखि डिप्रेसन, उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका उनलाई हामफाले लगत्तै उपचारका लागि स्तुपा अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उनको पसल बौद्धमै रहेको थियो ।

comments powered by Disqus

यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।