Ipo.aspx merolagani - इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प

इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प

Jul 26, 2026 11:24 AM Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताएका छन् ।

सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको दाबी गरे । राष्ट्रपति ट्रम्पले भने, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ कि समय बित्दै जाँदा उनीहरू थप गम्भीर बन्दै गएका छन् । हामी के हुन्छ हेर्नेछौँ ।’

उनले अमेरिकासँग दुईवटा विकल्प रहेको उल्लेख गर्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गरे ।

उनले अगाडि थपे, ‘हामी सैन्य रूपमा पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा छौँ, तर वार्ता जारी रहेकाले यसबाट के परिणाम निस्कन्छ भन्नेमा हाम्रो ध्यान छ । मलाई लाग्छ उनीहरू निकै गम्भीर छन् र उनीहरू गम्भीर हुनु पनि पर्छ ।’

यद्यपि, वार्ताबाट निश्चित समाधान निस्कनेमा भने उनले पूर्ण विश्वास व्यक्त गरेका छन् ।

ह्वाइट हाउसमा आफ्ना उच्च सल्लाहकार र अधिकारीहरूसँग इरानसँगको द्वन्द्वका विषयमा छलफल गरेलगत्तै ट्रम्पको यो टिप्पणी आएको हो । सिएनएनको रिपोर्टअनुसार ट्रम्पले इरान विरुद्धका सैन्य विकल्पहरूबारे पनि छलफल गरेका थिए ।

पछिल्लो समय इरानी सैन्य ठेगानाहरूमा अमेरिकी सेनाले लगातार १३ रातसम्म आक्रमण गरिरहेको सन्दर्भमा ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । नेपथ्यमा भइरहेका यी वार्ताहरूले कूटनीतिक प्रयासलाई पुनर्जीवित गर्छन् वा अमेरिकाले सैन्य आक्रमणलाई थप तिब्र बनाउँछ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।