Ipo.aspx merolagani - आरम्भ चौतारी लघुवित्तको सञ्चालक सदस्यमा पिताम्बर गैरे चयन

आरम्भ चौतारी लघुवित्तको सञ्चालक सदस्यमा पिताम्बर गैरे चयन

Jul 27, 2026 12:45 PM Merolagani

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा पिताम्बर गैरे चयन भएका छन् । संस्थाको १८० औँ बैठकको निर्णयानुसार गैरे संस्थापक सञ्चालक समितिको रिक्त सदस्य पदमा चयन भएका हुन्।

स्याङ्जा जिल्लाको चापाकोटका स्थायी बासिन्दा रहेका गैरेलाई सञ्चालक समितिले संस्थाको आगामी कार्यदिशालाई थप मजबुत बनाउन जिम्मेवारी सुम्पेको हो । लघुवित्त क्षेत्रको सुदृढीकरणमा जोड दिने गैरेले बताएका छन् । “लघुवित्त क्षेत्रमा संस्थाको आर्थिक वृद्धि विकास गर्ने र लघुवित्तका सदस्यहरूले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने मेरो मुख्य उद्देश्य रहनेछ,’’ उनले भने, संस्थालाई अझै उचाइमा पुर्याउन र ग्राहकवर्गको विश्वास जित्दै सरल एवं प्रभावकारी वित्तीय पहुँच विस्तार गर्न आफू सक्रिय रहने गैरेले बताएका छन् ।

बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्तले देशका विभिन्न स्थानमा शाखाहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। गैरेको प्रवेशसँगै संस्थाको संस्थागत सुशासन र व्यावसायिक विस्तारमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।