Ipo.aspx merolagani - रिज लाइन इनर्जीको लक–इन अवधि भदौ १३ गते समाप्त हुँदै

रिज लाइन इनर्जीको लक–इन अवधि भदौ १३ गते समाप्त हुँदै

Jul 29, 2026 01:24 PM Merolagani

रिज लाइन इनर्जी लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको शेयरको लक–इन अवधि समाप्त हुन लागेको जानकारी दिएको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ भदौ १३ गते उक्त अवधि समाप्त हुने जनाएको हो।

कम्पनीका अनुसार, सर्वसाधारणका लागि निष्कासन गरिएको शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् ७१ हजार १०० कित्ता शेयर हाल लक–इनमा रहेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम बाँडफाँड भएको मितिले ६ महिनासम्म यस्तो शेयर बिक्री गर्न नपाइने व्यवस्था रहेको छ।  यो लक–इन अवधि २०८२ फागुन १४ गतेदेखि सुरु भएको थियो।

रिज लाइन इनर्जी लिमिटेडले लमजुङ जिल्लामा ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको कुल जारी पूँजी एक अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीको शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।