Ipo.aspx merolagani - निर्जीवन बीमामा आक्रामक प्रतिस्पर्धा: शिखरको अग्रता कायमै, एनएलजी र हिमालयन एभरेष्टको छलाङ

निर्जीवन बीमामा आक्रामक प्रतिस्पर्धा: शिखरको अग्रता कायमै, एनएलजी र हिमालयन एभरेष्टको छलाङ

Jul 29, 2026 03:13 PM Merolagani

निर्जीवन बीमा बजारमा व्यवसाय बढाउने होडबाजी तीव्र बनेको छ। अघिल्लो वर्षको तुलनामा समग्र व्यवसायमा १५.१२ प्रतिशतको फराकिलो वृद्धि हासिल गर्दै बीमा कम्पनीहरूले ५० अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्। 

अघिल्लो वर्ष ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँमा सीमित निर्जीवन बीमाको बजार आकार यसपटक बढेर कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ।

बजारको ठूलो हिस्सा हडप्दै शिखर इन्स्योरेन्सले आफ्नो शीर्ष स्थान सुरक्षित राखेको छ। ६ अर्ब ५१ करोड १३ लाख रुपैयाँको विशाल व्यवसाय गर्दै शिखरले १२.३८ प्रतिशतको वृद्धि हासिल गरेको हो। यता दोस्रो स्थानका लागि भने कडा टक्कर देखिएको छ। सगरमाथा लुम्बिनी ५ अर्ब ४२ करोड २३ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहँदा हिमालयन एभरेष्ट ५ अर्ब ३७ करोड ४२ लाख रुपैयाँको व्यवसायका साथ सगरमाथा लुम्बिनीको निकै नजिक पुगेको छ।

व्यवसाय वृद्धिको दरमा भने साना र मझौला कम्पनीहरूले ठूला कम्पनीलाई पछाडि पारेका छन्। एनएलजी इन्स्योरेन्सले ३७.३० प्रतिशतको सबैभन्दा उच्च वृद्धि दर्ज गर्दै बजारलाई चकित पारेको छ भने हिमालयन एभरेष्टले ३१.०६ प्रतिशतको फराकिलो छलाङ मारेको छ। त्यसैगरी नेशनल इन्स्योरेन्सले २१.५८ प्रतिशत र ओरिएन्टल इन्स्योरेन्सले २०.२४ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गरेर बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएका छन्।

जहाँ अधिकांश कम्पनीहरूले दोहोरो अङ्कको वृद्धि हासिल गर्दै आक्रामक लय समातेका छन्, त्यहाँ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स भने निकै सुस्त देखिएको छ। सिद्धार्थ प्रिमियरको वृद्धिदर जम्मा ०.१७ प्रतिशतमा खुम्चिएकाले तीव्र प्रतिस्पर्धाका बीच कम्पनीलाई आफ्नो बजार हिस्सा जोगाउन कठिन भइरहेको संकेत गर्छ। समग्रमा, १४ वटै निर्जीवन बीमा कम्पनीहरूको व्यापार धनात्मक दिशामा रहे पनि आगामी दिनमा बजारमा वर्चस्व कायम राख्न कम्पनीहरूबीच थप आक्रामक प्रतिस्पर्धा हुने निश्चित छ।

comments powered by Disqus

नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।