Ipo.aspx merolagani - नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM Merolagani

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ। 

नियामक निकायले नयाँ सर्किट ब्रेकर प्रणाली (५% र ८%) लागू गरेको दाबी गरिरहँदा, यति धेरै अंक कसरी घट्यो भनेर सर्वसाधारण लगानीकर्ताले प्रश्न गरिरहेका छन्।  ८ प्रतिशतमा बजार बन्द हुनुपर्नेमा ३७ प्रतिशतसम्म सूचक खस्कनुले नेप्सेको  प्राविधिक कमजोरीलाई नराम्रोसँग उदाङ्गो पारेको छ।

 

 यो गिरावट केवल अंकको गिरावट होइन, यो नेपाली पूँजी बजारप्रतिको भरोसामाथि प्रश्न पनि हाे।

यद्यपि  अहिले याे समाचार तयार पार्दै गर्दा नेप्से साइटमा मेन्टेनेन्स भइररहेकाे देखाएकाे छ ।

 

 

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।