Ipo.aspx merolagani - एक सातामा सुनको मूल्य ५०० रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

एक सातामा सुनको मूल्य ५०० रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Aug 01, 2026 06:31 AM Merolagani

पछिल्लो एक साताको अवधिमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

गत साउन ९ गते शनिबार नेपाली बजारमा प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साउन १५ गते शुक्रबारसम्म आइपुग्दा ५०० रुपैयाँले घटेर २ लाख ८५ हजारमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार, गत साउन १० गते आइतबार भने अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको थियो । त्यस्तै, साउन ११ गते सोमबार पनि सुनको मूल्य बढ्यो । त्यसदिन १ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो ।

त्यस्तैगरी, साउन १२ गते मंगलबार भने सुनको मूल्य ४३०० रुपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँमा झरेको देखिन्छ । त्यस्तै, साउन १३ गते बुधबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन । उक्त दिन एक हजार रुपैयाँले घटेको सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे ।

 

त्यस्तै, साउन १४ गते बिहीबारका दिन सुनको मूल्य केही बढेको थियाे । उक्त दिन ८०० रुपैयाँले बढेको सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ पुगेको थियो । र, साउन १५ गते शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।