Ipo.aspx merolagani - नाफासँगै बढ्यो महालक्ष्मी विकास बैंकको प्रतिशेयर आम्दानी

नाफासँगै बढ्यो महालक्ष्मी विकास बैंकको प्रतिशेयर आम्दानी

Aug 05, 2026 10:27 AM Merolagani

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ४२ करोड ४३ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४८.४० प्रतिशतले बढेर ६२ करोड ९९ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ९४ करोड रुपैयाँबाट १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको ६१ करोड १४ लाख रुपैयाँबाट ५३.४१ प्रतिशतले वृद्धि भई ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जबापत ३१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ, जुन अघिल्लो आर्थिक वर्ष ५१ करोड ७३ लाख रुपैयाँ थियो।

नियमनकारी समायोजनहरूपश्चात् गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ४४ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सञ्चित नाफाबाट बोनस शेयर र नगद लाभांश भुक्तानी समायोजन गरेपछि गत असार मसान्तसम्मको कुल वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ९८ हजार रुपैयाँ कायम भएको छ। यस अनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १० रुपैयाँ ३१ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ४६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

बैंकले ग्राहकहरूबाट ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई ४३ अर्ब ३४ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कुल सम्पत्ति ६५ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ।

 
comments powered by Disqus

साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।