Ipo.aspx merolagani - इम्पेरमेन्ट चार्ज घट्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढ्यो

इम्पेरमेन्ट चार्ज घट्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढ्यो

Aug 04, 2026 08:57 AM Merolagani

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले व्यवसाय विस्तार, खुद नाफा, लाभांश क्षमता र प्रतिशेयर आम्दानीमा निकै आकर्षक सुधार दर्ता गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सो अवधिको खुद नाफा (६४ करोड ५६ लाख रुपैयाँ) को तुलनामा ८२.९६ प्रतिशतको वृद्धि हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा बढाउन मुख्य भूमिका खेलेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

बैंकको नाफामा भएको वृद्धिले लगानीकर्ताका लागि लाभांश क्षमता सुदृढ बनाएको छ। नियमनकारी समायोजन तथा अघिल्लो वर्षको सञ्चित नाफा समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यस अनुसारचुक्ता पूँजीका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ८६ पैसा कायम भएको छ, जसले चालु वर्षमा शेयरधनीहरूका लागि दोहोरो अङ्कको आकर्षक लाभांश क्षमता प्रस्तुत गर्दछ।

गत आर्थिक वर्ष बैंकको वासलातको आकार ८७ अर्ब नाघेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

ग्राहकहरूबाट सङ्कलित निक्षेप ७१ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा ५६ अर्ब ९० करोड रुपैयाँबाट बढेर ६३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल सम्पत्ति ८० अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८७ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ।

comments powered by Disqus

नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।