Ipo.aspx merolagani - निष्क्रिय कर्जा घट्दा सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय स्वास्थ्यमा सुधार

निष्क्रिय कर्जा घट्दा सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय स्वास्थ्यमा सुधार

Jul 31, 2026 09:38 AM Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफामा सुधार ल्याउनुका साथै निष्क्रिय कर्जा घटाउन सफलता हासिल गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (८ करोड ८ लाख) को तुलनामा ८६.१८ प्रतिशतको वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको २३ करोड ४५ लाख रुपैयाँको तुलनामा घटेर २३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा १० करोड ६८ लाख रुपैयाँबाट उल्लेख्य बढेर २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा झार्न सफल हुनु र पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढाएर ११.२९ प्रतिशत पुर्‍याउनुले बैंकको जोखिम व्यवस्थापन र वित्तीय सुधार तर्फको यात्रा सफल भइरहेको देखाउँछ।

नाफामा सुधार आएतापनि विगतको सञ्चित घाटाका कारण बैंक अझै लाभांश बाँड्न सक्ने अवस्थामा पुगिसकेको छैन। अघिल्लो आर्थिक वर्ष ६२ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चित कोष गत आर्थिक वर्ष नाफा कमाएका कारण घटेर ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मकमा सीमित भएको छ।

बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष बढेर ४४ करोड ८० लाख १० हजार ८४७ रुपैयाँ पुगेको छ। बैंकको व्यावसायिक आकारमा उल्लेख्य विस्तार भएको छ। समीक्षा अवधिमा बैंकको कुल निक्षेप ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँबाट वृद्धि भई ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर १० अर्ब ११ करोड ३० लाख ५६ हजार ७४६ रुपैयाँ पुगेको छ।

comments powered by Disqus

नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।