Ipo.aspx merolagani - सुनचाँदी दुवैको मूल्य घट्यो

सुनचाँदी दुवैको मूल्य घट्यो

Aug 12, 2026 11:14 AM Merolagani

साउन २७ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।